नेपाल सरकार
कृषि विकास मन्त्रालय
सिंहदरवार, काठमाडौँ, नेपाल

एमओएडी

माननीय गौरी शंकर चौधरी
मन्त्री

माननीय राधिका तामाङ
राज्य मन्त्री

डा. सुरोज पोखरेल
सचिव






  • इमेल जाच्नुहोस
    • " सेवामैत्री प्रशासनः संघीयतामा सुशासन "
    • " सेवामैत्री प्रशासनः संघीयतामा सुशासन "
    • " सेवामैत्री प्रशासनः संघीयतामा सुशासन "

    पृष्ठभूमि


    मन्त्रालयको परिचय

    १.१ ऐतिहासिक पृष्ठभूमि

    नेपालमा कृषि विकासका कार्यक्रम कार्यान्वयनको संस्थागत विकासको थालनी विक्रम सम्वत् १९७८ मा चारखालमा स्थापित कृषि अड्डाबाट शुरु भएको पाइन्छ। वि.सं.१९८२ मा सिंहदरबार परिसरमा कृषि प्रदर्शन फार्म र वि.सं.१९९४ मा कृषि परिषद्को गठन भएपछि देशभित्र कृषि फार्महरु खोल्ने, सर्भेक्षण कार्यहरु गर्ने जस्ता कार्यहरु थप हुँदै गए। वि.सं.१९९८ सालमा त्रिपुरेश्वरमा भेटेरीनरी हस्पिटलको स्थापना भयो। त्यसै सालमा नहर शाखाको समेत स्थापना भयो। वि.सं.२००० मा मकवानपुरको चित्लाङ्ग र नुवाकोटको ककनीमा भेडा फार्महरु खुले। वि.सं.२००४ मा परवानीपुर सेन्ट्रल एक्सपेरिमेन्टल एण्ड रिसर्च फार्म खडा भइ कृषि अनुसन्धान कार्य पनि हुन थाल्यो। वि.सं.२००७ को परिवर्तनपछि कृषि परिषद्बाट भएका विभिन्न कार्यहरुको लेखाजोखा गर्न थालियो। त्यसैको आधारमा वि.सं.२००८ मा कृषि परिषद्लाई विघटन गरी त्यसबेलाको सबैभन्दा माथिल्लो निकायको रुपमा रहने गरी कृषि विभाग खडा भयो। तत्कालिन कृषि परिषद्को सेक्रेटरीलाईनै कृषि विभागको डाईरेक्टरमा नियुक्ति गरियो। वि.सं.२०१० मा कृषि विभागमा एग्रोनोमी, हर्टिकल्चर, लाईभस्टक एण्ड डेरी, एगृ ईन्जिनियरिङ्ग र फिसरिज (भेटरेनरी बाहेक) गरी ५ वटा सेक्सनहरु खडा भए। ती सेक्सनका मातहतमा कृषि विकासका विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा आउन थाले। वि.सं.२०१० सालमै सहकारी विभाग खडा भयो। यही सालमा कृषि स्कूलको स्थापना पनि भयो। वि.सं.२०१२ सालमा नहर शाखा नहर विभागको रुपमा विस्तार भयो। वि.सं.२००४ सालमा स्थापित परवानीपुर कृषि फार्म बहुमुखी कृषि स्टेशनको रुपमा परिवर्तन भयो। वि.सं.२०१९ सालमा कीर्तिपुर बागवानी केन्द्र र गोदावरी मत्स्य विकास केन्द्र स्थापना भए। वि.सं.२०२७ सालमा श्री रानी जगदम्बा कुमारीद्वारा श्री जगदम्बा कलेज अफ एगृकल्चर एण्ड रिसर्च ईन्ष्टिच्युटका लागि पुल्चोकस्थित श्रीमहल भन्ने नीजि महल कृषि विकासको भौतिक संरचनाको रुपमा प्राप्त भयो।

    वि.सं.२०३० सालमा सिंचाई सम्बन्धी कार्य कृषि मन्त्रालय अन्तर्गत समावेश भइ मन्त्रालयको नाम खाद्य, कृषि तथा सिंचाई मन्त्रालय भयो। आ.व.२०३७/३८ मा भएको मन्त्रिमण्डल पुनर्गठन संगसँगै सिंचाई र खाद्य व्यवस्थाको जिम्मेवारी क्रमशः जलश्रोत मन्त्रालय र आपूर्ति मन्त्रालयमा सरेपछि मन्त्रालयको नाम कृषि मन्त्रालय रह्यो। आ.व.२०४७/४८ मा सहकारी आन्दोलन प्रभावकारी रुपमा अगाडि बढाउने सोचका साथ साझा विकास विभाग सम्बन्धी कार्यक्रमलाई कृषि मन्त्रालय अन्तर्गत राख्न थालियो। यसै क्रममा आ.व.२०५५/५६ देखि मन्त्रालयको नाम कृषि तथा सहकारी मन्त्रालय भएको थियो भने नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०६९ जेष्ठ ५ गतेको निर्णयानुसार यस मन्त्रालयबाट सहकारी विभागलाई अलग गरेपछि मन्त्रालयको नाम हाल कृषि विकास मन्त्रालय भएको हो। यसै बीच नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७२ पौष ९ गतेको निर्णयानुसार कृषि विकास मन्त्रालयको नाम यथावतै भएपनि पशुसेवा विभाग अन्तर्गत संचालित कामहरुलाई समेटेर नयाँ पशुपंक्षी विकास मन्त्रालयको गठन भई सकेपछि पशु सेवासँग सम्बन्धित निकायहरु यस मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका छैनन्।

    देशको आवश्यकता र सम्भाव्यता अनुरुप कृषि विकास सम्बन्धी नीति तर्जुमा एवं कार्यान्वयन गर्ने मूल उद्देश्य बोकेको यस मन्त्रालयको लक्ष्य व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवं दीगो आर्थिक वृद्घि हाँसिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्‍याउनु रहेको छ।

    १.२ दृष्टिकोण

    निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दीगो कृषि विकासको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने। 

    १.३ उद्देश्यहरु

    • कृषि उत्पादन एवं उत्पादकत्व बढाउने।
    • व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरुको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने।
    • प्राकृतिक श्रोत, वातावरण र जैविक विविधताको संरक्षण, सम्वर्द्धन एवं सदुपयोग गर्ने ।

    १.४ कार्य जिम्मेवारी

    नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७२ मा व्यवस्था भए अनुसार कृषि विकास मन्त्रालयले निम्नअनुसारको कार्य सम्पादन गर्ने जिम्मेवारी पाएको छः

    • कृषि सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
    • खाद्यान्न, नगदे बाली (सजिवन तथा रबर प्लान्टसमेत), तरकारी र फलफूल खेतीको विकास तथा प्रवर्द्धन;
    • कृषि रसायन तथा माटो सम्बन्धी अनुसन्धान र प्रविधि विस्तार;
    • कृषि इन्जिनियरिङ्ग र उन्नत कृषि औजारको अनुसन्धान, विकास तथा विस्तार;
    • बाली संरक्षण, अनुसन्धान तथा सर्वेक्षण;
    • कृषि प्रचार प्रसार तथा यूवा कृषक कार्यक्रम;
    • कृषि नर्सरी तथा बीउ विजनको विकास;
    • मत्स्यपालन जलचर सम्बन्धी अध्ययन, अनुसन्धान, विकास तथा बजार प्रवर्द्धन;
    • माहुरीपालन तथा रेशम खेती;
    • कृषि क्षेत्रको व्यावसायीकरण, औद्योगिकीकरण र कृषिजन्य वस्तुको बजार व्यवस्थापन तथा विस्तार;
    • प्राङ्गारिक, जैविक तथा रासायनिक मल;
    • खाद्य गुणस्तर निर्धारण, अनुसन्धान, नियन्त्रण तथा विस्तार;
    • खाद्य तथा प्लान्ट क्वारेन्टाइन;
    • कृषि क्षेत्रको बीउ, विजन, बिरुवा, माछा आदिको जातको गुणस्तर निर्धारण, प्रमाणीकरण तथा नियमन;
    • कृषि क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान तथा सर्वेक्षण;
    • खाद्य सुरक्षा;
    • कृषि सूचना प्रणाली;
    • कृषि वातावरण तथा विषादि व्यवस्थापन;
    • प्राङ्गारिक खेती तथा प्राङ्गारिक प्रमाणीकरण;
    • कृषि सम्बन्धी जैविक विविधता र जैविक प्रविधि (Bio-technology) को विकास तथा विस्तार;
    • बाली तथा कृषि बीमा;
    • कृषि वस्तु, सेवा र प्रविधिको सम्बद्धता, स्तरीकरण तथा प्रमाणीकरण;
    • कृषि सेवा सम्बन्धी प्रयोगशालाको सम्बद्धता सम्बन्धी विषय;
    • खाद्यान्न बाली र अत्यावश्यक वस्तुहरुको उत्पादन तथा बजार व्यवस्थापन;
    • संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष तथा अन्तर्राष्ट्रिय कृषि संस्था;
    • कृषि फार्म तथा कृषि केन्द्र;
    • कृषि सम्बन्धी संस्थान, समिति तथा कम्पनी;
    • नेपाल कृषि सेवाको सञ्चालन। 

    पुरा पढ्नको लागी स्क्रोल गर्नुहोस